राष्ट्रपतिको आलोचना गर्नेहरुलाई कहिल्यै कोरोना नलागोस- परराष्ट्रमन्त्री ज्ञवाली-Sutra News

राष्ट्रपतिको आलोचना गर्नेहरुलाई कहिल्यै कोरोना नलागोस- परराष्ट्रमन्त्री ज्ञवाली

मंगलबार, १८ जेष्ठ २०७८

मंगलबार, १८ जेष्ठ २०७८

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले खोप ल्याउनका लागि राष्ट्रपतिले अन्य देशलाई पत्र पठाएको विषयलाई लिएर टिकाटिप्पणी गर्नु अनर्थ भएको बताएका छन् ।  



विपक्षी दलका नेता तथा कार्यकर्ताहरुले आलोचना गर्ने अन्य कुनै विषय नभेट्टाएर राष्ट्रपतिको विषयलाई लिएर आलोचना गरेको उनको आरोप छ ।  

मंगलवार बसेको एमालेको स्थायी कमिटी बैठकको निर्णयहरु सुनाउने क्रममा प्रवक्ता ज्ञवालीले यस्तो बताएका हुन् ।  

संचारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘मेरो प्रार्थना छ उहाँहरु कसैलाई कोरोना नलागोस् । र, कृपया यस्ता कुरामा राजनीतिकरण नगरि दिनुहोस् ।’

राष्ट्रपतिले खोपको लागि अन्य देशलाई पहल गर्नु उनको हैसियत भएको मन्त्री ज्ञवालीले बताएका छन् ।

त्यस्तै नेकपा एमालेले पार्टीलाई विभाजन हुन् नदिनका लागी अन्तिम समयसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ ।

बैठकको निर्णय सुनाउँदै पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘पार्टीको आन्तरिक एकताका लागि अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट