पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले ६ पत्रकारलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने-Sutra News

पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले ६ पत्रकारलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने

मंगलबार, १८ जेष्ठ २०७८

मंगलबार, १८ जेष्ठ २०७८

काठमाडौँ । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार दिने भएको छ  ।



सोमवार एक विज्ञप्ति जारी गर्दै समितिले आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारिता गरेर ६ विधाको पत्रकारितामा सक्रिय पत्रकारलाई पुरस्कार दिने जनाएको हो  ।

पत्रकारहरु जोखिम समयमा पनि आफ्नो कर्तव्य पालना गरेको भन्दै थप प्रोत्साहन गर्नका लागि  महासंघले पुरस्कार प्रदान लागेको विज्ञप्तिमा उल्लेख छ ।

पत्रकारहरुलाई पुरस्कारस्वरूप जनही १०,००० नगद र प्रमाणपत्र दिने बताइएको छ ।

patrakar.jpg

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट