तपाईंलाई थाहा नभएका यी पाँच रहस्य जसले तपाईंलाई धनी बनाइदिन्छ  -Sutra News

तपाईंलाई थाहा नभएका यी पाँच रहस्य जसले तपाईंलाई धनी बनाइदिन्छ  

शनिबार, ८ जेष्ठ २०७८

शनिबार, ८ जेष्ठ २०७८

तपाईं धेरै सम्पत्ति कमाउन चाहनुहुन्छ ? यो असम्भव छैन तर अप्ठेरो भने अवश्य छ । ज्योतिषविज्ञानसँग तपाईंलाई धनी बनाउने केही रहस्यहरू छन् ।



पहिलो रहस्य – विश्वास गर्नुस् कि तपाईं धनी हुनुहुन्छ

यदि तपाईं साँच्चिकै धनी बन्न चाहनुहुन्छ भने पहिला तपाईं आफू धनी भएको विश्वास गर्नुपर्ने हुन्छ । तपाईंको जीवन शैली त्यस्तै हुन्छ, जस्तो तपाईंले सोच्नुहुन्छ ।

दोस्रो रहस्य – धन्यवाद दिने बानी बसाल्नुस

तपाईंले जे प्राप्त गर्नुहुन्छ त्यसका लागि धन्यवाद दिनुपर्छ । अहिलेसम्म तपाईंले यो संसार, आफ्नो बाबुआमा, नातेदारहरूबाट के प्राप्त गर्नुभयो त्यसको सम्मानस्वरूप धन्यवाद दिन जान्नुभएन भने भविष्यमा प्राप्त हुने चीज निकै कम हुन सक्छन् ।

तेस्रो रहस्य – जे चाहिन्छ त्यो प्रकृतिसँग माग्नुहोस्

ज्योतिषविज्ञानले मान्छेले प्रकृतिबाट नै सबै कुरा प्राप्त हुनसक्ने मान्यता राख्छ । कुनै अर्को मान्छेसँग माग्ने हो भने धनी हुनुको के मतलब ? तपाईंको मागमा शक्ति हुनुपर्छ । माग गर्दा तयारी पनि उत्तिकै हुनुपर्छ । यत्तिकै मागेर मात्र पाईंदैन, बरू आफूलाई चाहिएको चीजमा दत्तचित्त भएर काम गर्नुपर्छ ।

चौथो रहस्य – वास्तुको नियम मान्नुहोस्

आफ्नो घरलाई वास्तुअनुसार मिलाउनु एकदम आवश्यक छ । कसैसँग पनि क्रोध गर्नु हानिकारक हुन सक्छ । बैठक कोठामा यस्तो पेन्टिङ राख्नुहोस्, जहाँ परिवारको खुसी झल्कियोस् । भोजन सधैं पूर्व या उत्तरतिर फर्केर गर्नुहोस् । घरको तिजोरीमा तामा, पित्तल या चाँदीका सिक्काहरू राख्नुहोस् । घरको वातावरण सुगन्धित बनाएर राख्नुहोस् ।  

पाचौं रहस्य – राति पैसा गनेर मात्र सुत्नुहोस्

आफूले कमाएको पैसा गनेर मात्र सुत्नुपर्छ । यस्तो काम २ महिनासम्म गर्नाले धनलक्ष्मी घरभित्रै रहने ज्योतिषशास्त्रले स्पष्ट पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट