भारतलाई केही राहत : चार दिनमा ९ लाख संक्रमित कोरोनामुक्त-Sutra News

भारतलाई केही राहत : चार दिनमा ९ लाख संक्रमित कोरोनामुक्त

मंगलबार, १४ बैशाख २०७८

मंगलबार, १४ बैशाख २०७८

काठमाडाैं – भारतमा एकै दिन कोरोना संक्रमबाट मुक्त हुनेको संख्याले रेकर्ड बनाएको छ। गत २४ घण्टामा भारतभर २ लाख ४४ हजार २ सय ६१ जना संक्रमित निको भएका छन्। 



यो भारतमा अहिलेसम्मको उच्च आँकडा हो। त्यस्तै यही समयमा भारतमा संक्रमित हुनेको संख्यामा पनि केही कमी आएको छ। ३ लाख १५ हजार संक्रमित भएक छन्। एकै दिनमा संक्रमित हुनेको संख्यामा भारतमा ३ लाख ३२ हजार नाघेको थियो। 

२३ अप्रिलयता कोरोनामुक्त हुनेको संख्या बढ्न थालेको छ। २३ अप्रिल यता भारतभर दैनिक २ लाखभन्दा बढी संक्रमित निको हुँदै गएका छन्। यो चार दिनमा कोरोनामाथि विजय प्राप्त गर्नेको संख्या ९ लाख पुगेको छ।

भारतभर हाल २८ लाख ७५ हजार सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा मात्र २ हजार ७ सय ६२ जनाले ज्यान गुमाएका थिए।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट