ग्राहकले बुझाएनन् विद्युतको ३० करोड रुपैयाँ, काटियो लाइन-Sutra News

ग्राहकले बुझाएनन् विद्युतको ३० करोड रुपैयाँ, काटियो लाइन

मंगलबार, ६ माघ २०७७

मंगलबार, ६ माघ २०७७

काठमाडौं- लामो समयदेखि विद्युत् महसुल नबुझाउने ९० जना ग्राहकको लाइन प्राधिकरण वितरण केन्द्र लहानले काटेको छ । वक्यौता महसुल नबुझाउने ग्राहकको लाइन काट्ने अभियान सुरु गरेको वितरण केन्द्र लहानले एक महिनामा ९० जना ग्राहकको लाइन काटेको हो ।



विद्युत् लाइन काटिएकामध्ये ६० जनाबाट ६० लाख ३५ हजार रुपैयाँ असूल भएको र बक्यौता रकम बुझाउनेको पुनः लाइन जडान गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जीतेन्द्रकुमार यादवले जानकारी दिए ।

प्राधिकरण वितरण केन्द्र लहानले ५० हजार रुपैयाँभन्दा बढी बक्यौता बाँकी रहेका २ सय २० जना ग्राहकको सूची तयार गरेर विद्युत्ला इन काट्न सुरु गरेको प्रमुख यादवले बताए । विद्युतको बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटकपटक महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको लाइन काट्न थालेको प्रमुख यादवको भनाइ छ ।

उनका अनुसार पहिलो चरणमा लामो समयदेखि बक्यौता रकम नबुझाउने तीन फेजका २ सय २० जना ग्राहकको विद्युत्ला इन काटिने छ । पछि थप ग्राहकको लाइन काटिने छ । ग्राहकबाट विद्युत्म हसुलबापत करिब ३० करोड रुपैयाँभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको वितरण केन्द्र लहानले जनाएको छ ।

गार्हस्थ्य मिटरतर्फ १९ करोड १४ लाख, व्यापारिक मिटरतर्फ ९९ लाख ७१ हजार, गैर व्यापारिक मिटरतर्फ एक करोड ५८ लाख र औद्योगिक मिटरतर्फ चार करोड २६ लाख ३८ हजार रुपैयाँ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले जानकारी दिए । वितरण केन्द्र लहानमा ४५ हजार ग्राहक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट