१५ वर्षीय बालिका विवाह गर्ने ४३ वर्षीय पुरुषसहित ४ जना पक्राउ-Sutra News

१५ वर्षीय बालिका विवाह गर्ने ४३ वर्षीय पुरुषसहित ४ जना पक्राउ

मंगलबार, ६ माघ २०७७

मंगलबार, ६ माघ २०७७

काठमाडौं- सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ रामपुरमा बाल विवाह हुँदै गर्दा ४ जना पक्राउ परेका छन् । उनीहरुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।



पक्राउ पर्नेमा सोही नगरपालिका बस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका ३ बस्ने बेहुला ४३ वर्षीय बिनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न सोही ठाउँ बस्ने ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया आमा रहेका छन् ।

उक्त ठाउँमा बालविवाह भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट