निर्देशक कश्यपविरुद्ध यौन दुर्व्यवहारको उजुरी-Sutra News

निर्देशक कश्यपविरुद्ध यौन दुर्व्यवहारको उजुरी

मंगलबार, ६ असोज २०७७

मंगलबार, ६ असोज २०७७

एजेन्सी- निर्देशक अनुराग कश्यपलाई यौन दुर्व्यवहारको आरोप लगाएकी भारतीय अभिनेत्री पायल घोसले ओसिवारा प्रहरीमा उनीविरुद्ध उजुरी दिएकी छिन्। अभिनेत्रीले आफ्नो वकिल नितिन सतपुटेसँग प्रहरी चौकीमा उजुरी दिएको भारतीय सञ्चारमाध्यम टायम्स अफ इन्डियाले जनाएको छ। 



अभिनेत्रीका वकिलले सञ्चारमाध्यमलाई भनेअनुसार यो संज्ञानात्मक अपराध भएकाले भारतीय कानुनको धारा ३५४ र ५०९  अनुसार अपराध पुष्टि भए ३ वर्षको कारावास हुन्छ।

अभिनेत्री घोसले केही समयअघि आफू लामो समयदेखि यो विषयमा बोल्न चाहेको बताएकी थिइन्। उनले भनिन्, ‘मसँग अहिले उनले पठाएका कुनै पनि म्यासेज छैनन्। त्यसपछि मैले थुप्रै फोन पनि फेरिसकेकी छु। न मैले त्यो दिन घरमा भएको घटनालाई रेकर्ड नै गरेकी छु।’

अर्कातिर, निर्देशक कश्यपले भने उनीमाथि लागेको आरोपलाई अस्विकार गरेका छन्। आफ्नो ट्विटरमार्फत् कश्यप आफूलाई चुप रहने भनेको भन्दै आफ्नो वकिलले निकालेको आधिकारिक विज्ञप्ति पनि सार्वजनिक गरेका छन्।

उक्त विज्ञप्ति उल्लेख भएअनुसार कश्यपमाथि लागेको आरोप झुटो, वक्वास र द्वेषपूर्ण रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट