बलिउडमा लागुऔषधको कुरा चल्दा दुःख लाग्छ : हेमा मालिनी-Sutra News

बलिउडमा लागुऔषधको कुरा चल्दा दुःख लाग्छ : हेमा मालिनी

बुधबार, ३१ भाद्र २०७७

बुधबार, ३१ भाद्र २०७७

एजेन्सी– भारतीय अभिनेत्री तथा सांसद हेमा मालिनी पनि बलिउडको रक्षामा उत्रिएकी छन्। उनले बलिउडमा चर्चामा रहेको लागु‍षधको प्रयोगलाई लिएर आफूलाई दुःख लाग्ने बताएकी छन्।



एक टेलिभिजन अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘जब ड्रगलाई बलिउडसँग जोडेर नकरात्मक कुरा चल्छ, मलाई दुःख लाग्छ।’

मालिनीले नाम नदिएरै कंगनामाथि पनि प्रहार गरेकी छिन्। अभिनेत्री तथा लोकसभा सांसद जया बच्चनले राज्यसभामा दिएको टिप्पणीपछि मालिनीले यस्तो टिप्पणी गरेकी हुन्। उनले भनिन्, ‘केही गलत मान्छेका कारण तपाईं पुरै फिल्म इन्डष्ट्रिलाई नै बदनाम गर्न सक्नुहुन्न।’

मालिनिले बलिउडमा उठेका कतिपय भनाइलाई कपडाको दागसँग तुलना गरेकी छन्। उनले भनिन्, ‘जुन ड्रगको कुरा निस्किएको छ, यो हरेक क्षेत्रमा हुन्छ। आजकल धेरै फैलिएको छ। जसरी कपडामा दाग लाग्दा कपडा धोएपछि मेटिन्छ, त्यसरी नै हाम्रो इन्डष्ट्रिलाई पनि धुँदा यो निकै सुन्दर छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट