पछिल्लो २४ घन्टामा ७४३ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु-Sutra News

पछिल्लो २४ घन्टामा ७४३ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु

सोमबार, ८ भाद्र २०७७

सोमबार, ८ भाद्र २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २३४ पीसीआर परीक्षण गर्दा यी संक्रमित देखिएका हुन्।



योसँगै कूल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ। त्यस्तै १८ हजार ८०६ जना कोरोनामुक्त भएका छन्। सोमबार थप १७५ जना संक्रमण निको भएका थिए।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ८ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट १५७ जनाको मृत्यु भएको छ।

त्यस्तै काठमाडौं उपत्यकामा २२४ कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमित थपिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट