बोटलर्स नेपाल तराई र बालाजुको वित्तीय मुनाफा खस्कियो  -Sutra News

बोटलर्स नेपाल तराई र बालाजुको वित्तीय मुनाफा खस्कियो  

आइतबार, ३२ साउन २०७७

आइतबार, ३२ साउन २०७७

काठमाडौं- कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु)ले आर्थिक वर्ष २०७६-७७ को अन्तिम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्। सम्पूर्ण आर्थिक क्षेत्रमा परेको कोरोनाको प्रवाभले कम्पनीको वित्तीय अवस्था पनि छोएको देखिन्छ।



बोटलर्स नेपाल (तराई)ले असार मसान्तसम्मममा १ करोड ३ लाख रुपैयाँ नोक्सानमा रहेको छ। अघिल्लो वर्ष कम्पनीले ४५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो। पछिल्लो ३ महिनामा मात्रै कम्पनीले ४ करोड २९ लाख रुपैयाँ नोक्सानी बेहोर्नुपरेको छ। कम्पनीको सञ्चालन आम्दानी पनि ५ अर्ब ५८ करोड रुपैयाँबाट घटेर ४ अर्ब ६० करोड पुगेको छ।

कम्पनीको कूल नाफा पनि १ अर्ब ७२ करोड रुपैयाँबाट घटेर १ अर्ब १३ करोड रुपैयाँमा झरेको छ। हालः यसको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ। यस्तै, जगेडा कोषमा २ अर्ब १५ करोड रुपैयाँ छ। कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ऋणात्मक रहेको छ। अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ३७५ रुपैयाँ रहेको थियो। बोटलर्स नेपाल (तराई)को प्रतिसेयर नेटवर्थ १ हजार ८८५ रुपैयाँ छ।

यता, असार मसान्त सम्ममा बोटलर्स नेपाल (बालाजु) ४ करोड ६२ लाख रुपैयाँ खुद नोक्सानमा भएको छ। अघिल्लो वर्ष यस कम्पनीले ७३ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। पछिल्लो ३ महिनामा मात्रै कम्पनीमा ७ करोड १४ लाख रुपैयाँ नोक्सानी भएको विवरणमा सार्वजनिक गरिएको छ। 

कम्पनी सञ्चालन आम्दानी पनि ९ अर्ब ५० करोड रुपैयाँबाट घटेर ६ अर्ब ७७ करोड पुगेको छ। हालः यसको चुक्ता पुँजी १९ करोड ४८ लाख रुपैयाँ रहेको छ। यस्तै, जगेडा कोषमा ३ अर्ब ५५ करोड रुपैयाँ छ। कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ऋणात्मक रहेको छ। अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ३५८ रुपैयाँ रहेको थियो। बोटलर्स नेपाल (बालाजु) को प्रतिसेयर नेटवर्थ २ हजार ३३ रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट