दोस्रो दिन पनि बढ्यो सुनचाँदीको मूल्य-Sutra News

दोस्रो दिन पनि बढ्यो सुनचाँदीको मूल्य

मंगलबार, २५ बैशाख २०८१

मंगलबार, २५ बैशाख २०८१

काठमाडौं । स्थानीय बजारमा फेरि सुनको मूल्य फेरि बढ्न थालेको छ । आइतबारको तुलनामा सोमबार बढेको सुनको मूल्य मंगलबार पनि बढेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलामा ८ सय रुपैयाँले बढेको छ । जससँगै मंगलबार छापावाला सुनको मूल्य तोलाको एक लाख ३६ हजार ४ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य तोलामा एक लाख ३५ हजार ७५० रुपैयाँ पुगेको छ ।

सुनको मूल्य बढ्दा स्थानीय बजारमा चाँदीको मूल्य पनि बढेको छ । सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

मूल्य बढेसँगै चाँदी प्रतितोला एक हजार ६७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा भइरहेको मूल्य घटबढको प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएको छ । यद्यपि, मूल्य घटबढ भइरहँदा कारोबार भने घटेको व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट