बैंक तथा वित्तीय संस्थाद्वारा कोरोना संक्रमण रोकथाम कोषको लागि सहयोग रकम हस्तान्तरण-Sutra News

बैंक तथा वित्तीय संस्थाद्वारा कोरोना संक्रमण रोकथाम कोषको लागि सहयोग रकम हस्तान्तरण

आइतबार, ३२ साउन २०७७

आइतबार, ३२ साउन २०७७

काठमाडौं- बैंक तथा वित्तीय संस्थाले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषको लागि सहयोग रकम हस्तान्तरण गरेका छन्।



नेपाल राष्ट्र बैंकले २०७७-७८ मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६-७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो।

सोहीअनुरुप बैंकले तथा वित्तीय संस्थाले सो रकम सहयोग गरेको हो। आज डिप्रोक्स लघुवित् वित्तीय संस्थाले ४६ लाख ५८ हजार १६९ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंक २ करोड ६९ लाख ९३ हजार १४५ रुपैयाँ, कृषि विकास बैंकले ४ करोड १० लाख १० हजार ७५ रुपैयाँ, यता नविल बैंकले ६ करोड रुपैयाँ सहयोग गरेको छ।

आजभन्दा अगाडि नेपाल बैंक ३ लाख ४६ हजार रुपैयाँ, सिद्धार्थ बैंकले २ करोड ६७ लाख २७ हजार ९२९ रुपैयाँ, प्रभु बैंक १ करोड ३९ लाख १८ हजार २३८ रुपैयाँ सनराईज बैंक ७ करोड ९४ लाख ४४ हजार ७६ रुपैयाँ सहयोग गरि सकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट