आइतबार नेप्सेमा १७.३३ अंकको गिरावट-Sutra News

आइतबार नेप्सेमा १७.३३ अंकको गिरावट

आइतबार, ३२ साउन २०७७

आइतबार, ३२ साउन २०७७

काठमाडौं- हप्ताको पहिलो दिन नेप्सेमा दोहोरो अंकले घटेको छ। आज १७.३३ अंकले घटेर १३९१.४६ बिन्दुमा आएर रोकिएको छ। नेप्से ओरालो लागेपनि कारोबार रकममा भने सुधार देखिएको छ।



यस दिन १८५ कम्पनीको २१ हजार ६०९ पटकको कारोबारमा १ अर्ब २५ करोड ९३ लाख रुपैयाँ बराबरको ४३ लाख ७१ हजार कित्ता सेयर खरिद-बिक्री भएको छ।

यस दिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन साधना लघुवित्त वित्तीय संस्था र छ्याङदी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। त्यसैगरी, यस दिन सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ८.२५ प्रतिशत बढेको छ।

यस दिन आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक ७.४१ प्रतिशत घटेको छ। त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरको मूल्य ६.०५ प्रतिशत र सर्वसाधारण सेयरको मूल्य ५.६६ प्रतिशत घटेको छ।

यस दिन कारोबारमा आएको व्यापार उपसमूहबाहेक अन्य सबै उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक यस दिन १.३२ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.१४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल बैंक लिमिटेड अगाडि रहेको छ। सो बैंकको यस दिन ८ करोड १४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। त्यसैगरी यस दिन नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको ७ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट