अनलाइनबाट सेयर कारोबार गर्ने लगानीकर्ताहरू बढे-Sutra News

अनलाइनबाट सेयर कारोबार गर्ने लगानीकर्ताहरू बढे

शुक्रबार, ३० साउन २०७७

शुक्रबार, ३० साउन २०७७

काठमाडौं–अनलाइन सेवामार्फत् सेयर कारोबार गर्ने लगानीकर्ताहरूको संख्या बढेको छ। हालसम्म २ लाख ७८ हजार १०१ जना लगानीकर्ताहरू रहेको नेप्सेले जानकारी दिएको छ।



नेप्सेका अनुसार हाल अनलाइनबाट सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या ५७ हजार १५६ छ। धितोपत्र बोर्डले नयाँ आर्थिक वर्ष सुरु भएयता अनलाइन सेयर कारोबारलाई जोड दिँदै आएको छ। धितोपत्र वोर्डले लगानीकर्ताहरुलाई खाताको सेयर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न प्रोत्साहित गरेको थियो।

लागेयता मात्रै २५ हजार बढी अनलाइन प्रयोगकर्ता थपिएको नेप्सेले जनाएको छ। गत असार २८ गतेसम्म कुल ३१ हजार ९८८ जना सेयर लगानीकर्ताले अनलाइन कारोबारका लागि युजर पासवर्ड लिएका थिए। हाल सो संख्यामा वृद्धि भएर ५७ हजार १५६ पुगेको छ। साउन महिना लागेयता ७८ प्रतिशतले अनलाइन सेवा प्रयोग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट