बिना धितो कर्जाका लागि एक्यान र कामना सेवा विकास बैंकबीच सम्झौता-Sutra News

बिना धितो कर्जाका लागि एक्यान र कामना सेवा विकास बैंकबीच सम्झौता

शुक्रबार, ३० साउन २०७७

शुक्रबार, ३० साउन २०७७

काठमाडौं-नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान)मा आबद्ध सदस्यलाई कामना सेवा विकास बैंकले बिना धितो कर्जा दिने भएको छ। संघ र बैंकबीच बिहीबार भएको सम्झौताअनुसार एक्यानका सदस्यहरुले बिना धितो प्रोफेशनल कर्जा पाउने भएका हुन्।



सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र संघकातर्फबाट अध्यक्ष आनन्दराज शर्मा वाग्लेले  हस्ताक्षर गरेका थिए।

सम्झौतामा एक्यानका सदस्यहहरुलाई सरल तरिकाले बैंकको १२४ शाखाबाट एकै दिनमा बिना धितोमा १५ लाख रुपैयाँसम्मको कर्जा प्रदान हुनेछ।

संघका उपाध्यक्ष रमेश धितालले बैंकसँगको सम्झौताले एक्यानका सदस्यहरुले बिना धितो ऋण पाउनेमा विश्वस्त रहेको बताए।उनले एक्यानमा आबद्ध भएका सदस्यका श्रीमतीले सञ्चालन गरेका व्यवसायलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाहको लागि सम्झौता भएको धितालले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट