हवाइ उडान भदौ १६ पछि मात्रै-Sutra News

हवाइ उडान भदौ १६ पछि मात्रै

बिहिबार, २९ साउन २०७७

बिहिबार, २९ साउन २०७७

काठमाडौं- नागरिक उड्डयन प्राधिकरणले मन्त्रिपरिषद्को निर्णयअनुसार उडान बन्द गराउने सूचना जारी गरेको छ।



यसअघि भदौ १ गतेदेखि उडान खोल्ने निर्णय गरिए पनि सरकारले फेरि बीचमा निर्णय उल्टाएपछि नियमित व्यावसायिक उडान भदौ १६ सम्म बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले वायुसेवा सञ्चालकलाई भदौ १६ गतेबाट हुने आन्तरिक तथा बाह्य उडानको तालिका संशोधन गरेर पठाउन निर्देशनसमेत दिएको छ।।

सरकारले भदौ मसान्तससम्म अन्तर्राष्ट्रिय नाका नखोल्ने निर्णय गरेपनि प्राधिकरणले भदौ १६ सम्मको सूचना जारी गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट