नविल बैंकको वित्तीय विवरणमा कोरोना प्रभाव-Sutra News

नविल बैंकको वित्तीय विवरणमा कोरोना प्रभाव

बिहिबार, २९ साउन २०७७

बिहिबार, २९ साउन २०७७

काठमाडौं–आर्थिक वर्ष २०७६/७८ को चौंथो त्रैमाससम्म आइपुग्दा नबिल बैंकको नाफा १५.८६ प्रतिशतले घटेर ३ अर्ब ५६ करोड ६६ लाख ७३ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यस बैंकले ४ अर्ब २३ करोड ८८ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो।



यता बैंकको खुद ब्याज आम्दानी १.९४ प्रतिशतले घटेर ७ अर्ब २ करोड २ लाख ७५ हजार रुपैयाँमा सिमित भएको छ। अघिल्लो वर्ष बैंकको आम्दानी ७अर्ब १५ करोड ९२ लाख ४५ हजार रुपैयाँ थियो।

यता अघिल्लो वर्षको यसै त्रैमाससम्म ६ अर्ब २ करोड ६६ लाख ५१ हजार रुपैयाँ रहेको बैंकको सञ्चालन नाफा १५.४८ प्रतिशतले घटेर ५ अर्ब ९ करोड ३६ लाख ३२ हजार रुपैयाँमा सिमित भएको छ।

असार मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा पनि १८.५६ प्रतिशतले घटेर ३ अर्ब ४ करोड २२ लाख ३७ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष बैंकको वितरण योग्य नाफा ३ अर्ब ७३ करोड ५४ लाख ३४ हजार रुपैयाँ थियो। बैंकको असार मसान्तसम्मको चुक्ता पुँजी १० अर्ब ९ करोड ७४ लाख ९७ हजार रुपैयाँ भने जगेडा कोषमा १२ अर्ब ६६ करोड १६ लाख ७२ हजार रुपैयाँ रहेको छ।

बैंकले यो अवधिसम्म १ खर्ब ९ अर्ब ८० करोड ६४ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ४८ अर्ब २३ करोड १३ लाख ८८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। यता बैंकको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ २५५ रुपैयाँ ५२ पैसा रहेको छ। खराब कर्जा ०.२३ प्रतिशत ले थोरै बढेर ०.९७ प्रतिशतमा आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट