काठमाडौं उपत्यकामा १३४ सहित ६३८ कोरोना संक्रमित थपिए-Sutra News

काठमाडौं उपत्यकामा १३४ सहित ६३८ कोरोना संक्रमित थपिए

मंगलबार, २७ साउन २०७७

मंगलबार, २७ साउन २०७७

काठमाडौं- पछिल्लो २४ घन्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार ५६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।



मन्त्रालयका अनुसार कोरोना संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ।

त्यस्तै काठमाडौं उपत्यकामा १३४ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ११०, ललितपुरमा १४ र भक्तपुरका १० जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै थप ४ जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार १७१ जना कोरोनामुक्त भएका छन्। हालसम्म १६ हजार ६६४ जना कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट