नेप्से ६.६१ अंकले घट्यो  -Sutra News

नेप्से ६.६१ अंकले घट्यो  

मंगलबार, २७ साउन २०७७

मंगलबार, २७ साउन २०७७

काठमाडौं- मंगलबार सेयर बजार सामान्य घटेको छ। सुरुवाति समयमा बढेको सेयर बजार पछिल्लो समयमा घटेर बन्द भएको हो। बजार घटेको भए पनि कारोबार भने उत्साहजनक रहेको छ। आज बजार ६.६१ अ‍ैकले घटेर १४३२.२१ बिन्दुमा गएर रोकिएको हो।



मंगलबार रु १ अर्ब २७ करोड १७ लाख ३८ हजार ९१४ को कारोबार भएको छ। आज ३६ लाख ३० हजार ८४५ कित्ता सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ। आज कारोबार भएका १२ कम्पनीमध्ये ११ वटा कम्पनीको कारोबार घटेको छ।

म्यूचूअल फन्डको मात्र सेयर कारोबारमा सामान्य वृद्धि भएको छ। यता अजोड इन्सुरेन्स र साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट