ह्वाइटहाउस बाहिर गोली चलेको ट्रम्पको दाबी-Sutra News

ह्वाइटहाउस बाहिर गोली चलेको ट्रम्पको दाबी

मंगलबार, २७ साउन २०७७

मंगलबार, २७ साउन २०७७

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर गोली चलेको दाबी गरेका छन् । पत्रकार सम्मेलन चलिरहेका बेला एक सुरक्षाकर्मीले कानेसी गरेपछि सम्मेलन छाडेर करिव १० मिनेट हराएका राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनलाई निरन्तरता दिदै ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको बताएका थिए।



बीबीसीका अनुसारअमेरिकी सिक्रेट सर्भिसका मानिसहरूले कुनै हतियारधारी सन्दिग्धलाई गोली हानेको जस्तो लागेको उनले बताएका थिए ।पत्रकार सम्मेलन छाडेको नौ मिनेटपछि ट्रम्प पुनस् सम्मेलनस्थल फर्केका थिए। उक्त घटना आफूप्रति लक्षित हो वा होइन भन्नेबारे आफूलाई जानकारी नभएको ट्रम्पले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट