लगानी बोर्डको सिइओ नियुक्ति ‘लाल बिचौलियावाद’को अर्को उदाहरण : गगन थापा-Sutra News

लगानी बोर्डको सिइओ नियुक्ति ‘लाल बिचौलियावाद’को अर्को उदाहरण : गगन थापा

बुधबार, २१ साउन २०७७

बुधबार, २१ साउन २०७७

काठमाडौं- कांग्रेस नेता गगन थापाले लगानी बोर्डको सिइओ नियुक्ति ‘लाल बिचौलियावाद’को अर्को उदाहरण भएको बताएका छन्। सरकारले हालै लगानी बोर्डको सिइओमा सुशील भट्टलाई नियुक्त गरेको थियो।



सरकारले नै कालोसूचीमा राखेका विदेशी कम्पनीका एजेन्ट बोर्डको सिइओमा नियुक्ति भएपछि सरकारको आलोचना भइरहेको बेला कांग्रेस नेता थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ´लाल बिचौलियावाद`को उदाहरण भएको बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोक र विधिसँग कुनै डर नभएको बताउँदै थापाले प्रधानमन्त्री ओली कुर्सी बचाउन र आफ्नालाई पोस्ने स्वार्थमा लागेको बताए।

थापाले फेसबुकमा लेखेका छन्, ‘लगानी बोर्डको सिइओ नियुक्ति प्रकरण: ‘लाल बिचौलियावाद’को अर्को उदाहरण! प्रधानमन्त्रीज्यूलाई न लोकसँग कुनै डर छह्य, न विधिसँग। छ त केवल आफ्नो कुर्ची जोगाउने र आफ्नालाई पोस्ने स्वार्थ। निर्लज्जता!’

प्रधानमन्त्री ओलीले कुनै पनि मुद्दामा जनतासँग डर र लाज मान्न छाड्नु अशुभ संकेत भएको टिप्पणीसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट