मदन पुरस्कारका लागि ७ पुस्तक छनोटमा-Sutra News

मदन पुरस्कारका लागि ७ पुस्तक छनोटमा

बुधबार, २१ साउन २०७७

बुधबार, २१ साउन २०७७

काठमाडौं- मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार गुठी २०७६’का लागि ७ पुस्तक छनोट गरेको छ। विमल निभाको कवितासंग्रह ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको कविता संग्रह धर्सैधर्साको चक्रब्यूह, भुन ढुंगानाको उपन्यास ‘परित्यक्ता, योगी धर्ममहारसको आयुर्वेदिक ज्ञान संग्रह ‘महारसनिघण्टु’, चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’, ललित विष्टको कथासंग्रह ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ कृति छनोटमा परेका छन्।



२०७६ मा प्रकाशित १ सय ५१ प्राप्त पुस्ततकहरुमध्ये छनोट समितिले उत्कृष्ट सात पुस्तक उपलब्ध गराएको गुठीका अध्यक्ष कमल दीक्षितले जानकारी दिए।
गुठीले हरेक वर्ष छनोटमा परेका पुस्तकमध्ये एउटा पुस्तकलाई मदन पुरस्कार वितरण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट