६ बुँदे प्रस्तावमा ओली सहमत भएको वामदेवको दाबी, कुनै गुटमा नलाग्ने प्रचण्डलाई जानकारी-Sutra News

६ बुँदे प्रस्तावमा ओली सहमत भएको वामदेवको दाबी, कुनै गुटमा नलाग्ने प्रचण्डलाई जानकारी

बुधबार, २१ साउन २०७७

बुधबार, २१ साउन २०७७

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीको कुनैपनि गुटमा नलाग्ने जानकारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गराएका छन् । अध्यक्ष प्रचण्डसँग पछिल्लो पटक भएको भेटमा गौतमले प्रचण्डलाई यस्तो जानकारी गराएका हुन् ।



अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमबीच मंगलबार विहान भेटवार्ता भएको थियो । सो भेटपछि गौतम प्रचण्ड–माधव नेपाल समूहतिर ढल्केको भन्ने विश्लेषण सहितका समाचार विभिन्न सञ्चार माध्यमले विश्लेषण सहित प्रस्तुत गरेका थिए । तर गौतमको सचिवालयले प्रचण्ड–गौतमबीचको भेटमा भएको संक्षिप्त कुराकानी प्रस्तुत गर्दै प्रकासित समाचारमा सत्यता नभएको दाबी गरेको छ ।

‘पार्टीका अध्यक्ष प्रचण्ड उपाध्यक्ष गौतमलाई भेट्न जानुहुँदा गौतले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पार्नुभयो’ गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बुधबार विहान विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘त्यसपछि प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी सोध्नुभयो ।’ ‘उपाध्यक्ष गौतमले म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष प्रचण्डलाई बिदा गर्नुभयो’ सुवेदीले भनेका छन् ।

उक्त भेटमा प्रचण्डले उपाध्यक्ष गौतमसँग पार्टीसँग सम्बन्धित केही समसामयिक विषयमा संक्षिप्त कुराकानी गरेका थिए । गौतमले १३ साउनमा राखेको ६ बुँदे प्रस्तावको त्यही दिन नै प्रधानमन्त्री क।केपी शर्मा ओलीले आफ्नो समर्थन रहेको स्पष्ट पारिसकेको गौतमको सचिवालयले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट