नेपाली कविताको प्रादेशिक इतिहास तयार पारिने-Sutra News

नेपाली कविताको प्रादेशिक इतिहास तयार पारिने

शनिबार, १७ साउन २०७७

शनिबार, १७ साउन २०७७

काठमाडौं–नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली कविताको प्रादेशिक इतिहास’ तयार पार्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्यकाव्य) विभागबाट यो इतिहास तयार पार्न लागिएको हो । विभागका प्रमुख प्राज्ञ प्रा.डा.हेमनाथ पौडेलले देशका सातवटा प्रदेशका नेपाली कविताको प्रादेशिक इतिहास लेखनको कार्य आरम्भ भइसकेको बताए ।



पौडेलका अनुसार नेपाली कविताको प्रादेशिक इतिहास लेखनका लागि प्रदेश नंं १ का लागि प्रा.डा.भोलानाथ पोखरेल, दुईका लागि तोयाराज घिमिरे, वाग्मती प्रदेशका लागि डा.गीता त्रिपाठी, गण्डकी प्रदेशका लागि प्रा डा. यदुनाथ ढकाल छन् ।

त्यस्तै प्रदेश ५ का लागि डा.विन्दु शर्मा, कर्णाली प्रदेशका लागि प्रा जगतप्रसाद उपाध्याय र सुदूरपश्चिम प्रदेशका लागि श्यामसुन्दर ढकाल र बद्रीप्रसाद बिनाडीलाई जिम्मेवारी प्रदान गरिएको छ । ‘प्रादेशिक इतिहास तयार भएपछि प्रज्ञा–प्रतिष्ठानको केन्द्रीय योजनाअन्तर्गत ‘नेपाली कविताको इतिहास’ लेखन कार्यको थालनी गरिने छ’, प्राज्ञ प्रा डा. पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट