थप १८६ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या ११ हजार ८६८-Sutra News

थप १८६ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या ११ हजार ८६८

सोमबार, ५ साउन २०७७

सोमबार, ५ साउन २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा ४ हजार २१६ नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।



यससँगै कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ। जसमध्ये ४० जनाको मृत्यु भएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा १७३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ११ हजार ८६८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ९३६ जना विभिन्न आइसोलेशनमा उपचाररत छन् भने देशभरि २२ हजार २२८ जना क्वारेन्टीनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट