‘मनसरा’को अग्रिम बुकिङ सुरु, उच्च शो पाएसँगै आक्रामक ओपनिङ गर्ने संकेत-Sutra News

‘मनसरा’को अग्रिम बुकिङ सुरु, उच्च शो पाएसँगै आक्रामक ओपनिङ गर्ने संकेत

बुधबार, १९ बैशाख २०८१

बुधबार, १९ बैशाख २०८१

काठमाडौं । यही शुक्रबार अर्थात् वैशाख २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ब्लकबस्टर फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’को अग्रिम बुकिङ सुरु भएको छ । बुधबारदेखि नै देशभरका हलमा यो फिल्मको बुकिङ खुल्ला भएको हो ।



दर्शक माझ आफ्नो दोस्रो फिल्मका रूपमा प्रतीक्षित फिल्म बनाउन सफल भएका उपेन्द्रको ‘मनसरा’को यो समाचार तयार पर्दा सम्ममा पाएको शोज हेर्ने हो भने, देशभर १ सय १० शोज पाएको छ । यो शोज सङ्ख्या थपिने अनुमान छ । फिल्मलाई मिलेको उच्च शोजबाट ‘मनसरा’ले बक्सअफिसमा आक्रामक ओपनिङ गर्ने सङ्केत देखिएको छ ।

यो फिल्मलाई देशकै ठूलो मल्टिपेलेक्स चेन क्यूएफएक्सले अग्रिम बुकिङ टिकटका लागि देशभरका हलमा ६९ शो दिएको छ । जसमा क्यूएफएक्सले काठमाडौं उपत्यकामा २८ र उपत्यका बाहिर ४१ शो उपलब्ध गराएको छ ।

यस्तै, वान सिनेमाजले आफ्ना दुई वटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ । भने अन्य ठूला मल्टिप्लेक्स चेनमामा अग्रिम बुकिङ टिकट खुल्ला हुन बाँकी छ । बुधबार साँझसम्म देशभरका सम्पूर्ण हलमा अग्रिम बुकिङ टिकट खुल्ला हुनेछ ।

मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म पाएको उच्च शो हेर्दा यो फिल्मले बम्पर ओपनिङ गर्न सक्ने प्रक्षेपण गर्न सकिन्छ ।

एउटै ठाउँमा बस्ने विभिन्न जातजातिका छिमेकी, उनीहरूको नोकझोक र प्रेमलाई देखाएको यो फिल्ममा बाहुन बाजे बनेका प्रवीण खतिवडाको लिम्बुनी मिरुना मगरसँगको निकटता बाजेकी नेवार्नी पत्नी बनेकी मेनुका प्रधानसँगको अमिलो सम्बन्धको कथा पेस गरेको छ । यस्तै, दयाहाङ राई र मिरुनासँग सम्बन्ध पनि फिल्ममा रहेकाले यो कथा र पात्रको एक अर्काको सम्बन्धको जालो कन्फ्युजन रहेकाले दर्शकप्रति कौतुहलता पैदा गर्न सफल देखिएको छ ।

निर्देशक सुब्बाकै लेखन रहेको फिल्ममा दयाहाङ राई, प्रवीण खतिवडा, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन् ।

फिल्ममा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको पनि अभिनय रहेको छ । शैलेन्द्र ध्वज कार्की छायाँकार रहेको फिल्मका विष्णु कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।

फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहेको छ । त्यसै गरी सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् ।

कबड्डी फिल्मस् र बाँसुरी फिल्मस्ले निर्माण गरेको यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट