झापामा दुर्घटना हुँदा दुई जनाको मृत्यु-Sutra News

झापामा दुर्घटना हुँदा दुई जनाको मृत्यु

बिहिबार, १३ बैशाख २०८१

बिहिबार, १३ बैशाख २०८१

काठमाडौं । झापामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति कनकाई ३ सुरुङ्गा पुलस्थितमा बिर्तामोडबाट झिलझिलेतर्फ जाँदै गरेको रा १ प ६३०० नम्बरको मोटरसाइकललाई अर्को सवारी साधनले ठक्कर दिँदा मोटरसाइकल बिर्तामोड ७ का ३८ वर्षीय तेजमणि खरेलको मृत्यु भएको हो ।



जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनलाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएकामा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए । सोही मोटरसाइकलमा पछाडि मेचीनगर १० का २९ वर्षीय प्रसन्न दनुवारको उपचार भइरहेको छ ।

बुधबार राति नै भद्रपुर नगरपालिका ८ नमूना टोलस्थित चन्द्रगढी–भद्रपुर भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

भद्रपुरबाट चन्द्रगढीतर्फ आउँदै गरेको मे ४ प ४८९६ नम्बरको मोटरसाइकले पैदलयात्री हाल नाम, थर वतन नखुलेको अन्जादी ८० वर्षीया महिलालाई ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् ।

बृद्धाको उपचारका क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो । मोटरसाइकल र चालक भद्रपुर ८ का ४९ वर्षीय विशन मोतेलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट