नेपालको अपराजित यात्रा- चार खेल जित्दै सेमिफाइनल पुग्यो-Sutra News

नेपालको अपराजित यात्रा- चार खेल जित्दै सेमिफाइनल पुग्यो

बुधबार, ५ बैशाख २०८१

बुधबार, ५ बैशाख २०८१

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले अपराजित यात्रालाई कायमै राखेको छ । साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य पूरा गर्दै नेपाल अपराजित हुँदै सेमिफाइन पुगेको हो ।



समूह चरणको अन्तिम खेलमा टस जितेर पहिला फिल्डिङ गरेको नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको हो । खेल ८-८ ओभरमा सम्पन्न भएको थियो ।

बलिङतर्फ नेपालका लागि करण केसी र अभिनास बोहराले दुई–दुई विकेट लिए । ललित राजवंशी र प्रतिश जिसीले एक-एक विकेट लिए ।

ब्याटिङतर्फ साउदी अरेबियाका अब्दुल वाहिडले सर्वाधिक ३७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकले रन बनाउन सकेनन् ।

यता, नेपालको ब्याटिङतर्फ गुल्सन झाले सर्वाधिक ३२ रन बनाए । उनले दुई छक्का र एक चौका प्रहार गरे । यस्तै, दीपेन्द्र सिंह ऐरीले १७, कप्तान रोहित पौडेलले १६ रन बनाएर नटआउट बने । आसिफ शेख र कुशल मल्लले दुई-दुई रन बनाउँदा कुशल भुर्तेल रनविहीन बने ।

नेपालको प्लेइङ ११ कप्तान रोहित पौडेलसहित आसिफ शेख (विकेट किपर), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, प्रतिश जि।सी। र अभिनाश बोहरा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट