खानेपानीको अभाव भएपछि काठमाडौं जडिबुटीका बासिन्दाले गरे प्रदर्शन-Sutra News

खानेपानीको अभाव भएपछि काठमाडौं जडिबुटीका बासिन्दाले गरे प्रदर्शन

बिहिबार, २९ चैत्र २०८०

बिहिबार, २९ चैत्र २०८०

काठमाडौं । खानेपानीको चरम अभाव भएको भन्दै खानेपानी व्यवस्थापन संघर्ष समितिले काठमाडौंको जडिबुटी क्षेत्रमा प्रदर्शन गरेको छ ।



खहरे-जडिबुटी क्षेत्रमा खानेपानीको चरम अभाव भएकाले तत्काल खानेपानीको पाइप लाइन विस्तार गरेर खानेपानीको व्यवस्था गर्नु पर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । खानेपानीको पाइप राख्ने आश्वास लामो समयदेखि पाएपछि अझैसम्म पाइपसमेत बिच्छाउने काम नभएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।

उनीहरूले आगामी वैशाख १५ गतेभित्र पाइप बिच्छाएर खानेपानी उपलब्ध गराउन माग गरेका छन् । संविधानमा स्वच्छ खानेपानीको अधिकार रहे पनि त्यसलाई सरकारले वेवास्ता गर्दै आफूहरूलाई खानेपानीबाट बञ्चित गराएको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट