बन्दिपुर हिल वैशाख १ गतेदेखि आंशिक सञ्चालनमा आउने-Sutra News

बन्दिपुर हिल वैशाख १ गतेदेखि आंशिक सञ्चालनमा आउने

सोमबार, २६ चैत्र २०८०

सोमबार, २६ चैत्र २०८०

काठमाडौं । सुन्दरनगरी बन्दीपुरमा निर्माण भइरहेको पर्यटन पूर्वाधारयुक्त केवलकार गुरुयोजना (बन्दिपुरहिल) अन्तर्गतका बटम स्टेशनको बाँग बगैंचा, पार्क र रेष्टुरेण्ट नयाँ वर्षको दिनदेखि सर्वसाधारणको लागि व्यवसायिकरूपमा खुल्ला गरिने भएको छ ।



५६ रोपनी क्षेत्रफलमा फैलिएको आकर्षक यो स्टेशन विधिवत रुपमा वास्तुपुजा गरी आफ्नो सेवा पस्कन सम्पूर्ण रुपमा तयार रहेको कम्पनीका भाईस प्रेसिडेण्ट किरण पोख्रेलले बताए । ८६ करोड रुपैयाँमा निर्माण भएको यस वटम स्टेशनको आकर्षक उद्यान, रेष्टुरेण्ट, जिप लाईन, स्काई साईकिलिङ्ग लगाएतका सेवा र जंगली जनावरको म्युजियम यस उद्यानभित्र रहेको छ ।

यस उद्यानमा प्रवेश गर्नको लागि प्रतिव्यक्ति २००, मोटर साइकल ३००, ट्याक्सी ५००, माइक्रो बस १००० र बस १५०० को रुपैयाँको टिकट लिनुपर्नेछ ।

यस टिकट बराबर नै अफरमा रेष्टुरेण्टको सुविधा फ्रिमा लिन सकिने व्यवस्था कम्पनीले गरेको छ । बन्दिपुर केवलकार एण्ड टुरिजम लि. को ब्राण्ड (बन्दिपुर हिल) अन्तर्गतको केवलकार सेवासमेत १ गते देखि नै विधिवत संचालन हुनेछ । तर यसमा १ गते देखि भने सर्वसाधरणहरुको लागी खुल्ला नगरि आन्तरिक कार्यको लागी मात्र खुल्ला गर्ने कम्पनीले जनाएको छ ।

बन्दिपुर हिलअन्तर्गत बन्दिपुर केवलकार एण्ड टुरिजम लि. ३ अर्ब ५८ करोड रुपैयाँ, बन्दिपुर स्काई वाक एण्ड रिक्रियशन प्रा. लि. एक अर्ब ५३ करोड रुपैयाँ, बन्दिपुर बैंङ्क्विट एण्ड इभेन्ट प्रा. लि. ३७ करोड रुपैयाँ, सिद्ध गुफा रोपवेज प्रा.लि. ८७ करोड रुपैयाँ र मिनरलस् वाटर उद्योग ४ करोड रुपैयाँ गरी जम्मा ६ अर्ब ३९ करोड रुपैयाँको सम्पूर्ण परियोजना प्याकेज रहेको छ ।

सम्पूर्ण परियोजना बनेर व्यवसायीक संचालनमा आउनको लागी आगामी २ वर्ष भित्र सम्पूर्णरूपमा सम्पन्न हुने कुरा वित्तीय निर्देशक शिव प्रसाद शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट