शरीरमा यस्ता लक्षण देखिए अण्डा खान सुरु गर्नुपर्छ-Sutra News

शरीरमा यस्ता लक्षण देखिए अण्डा खान सुरु गर्नुपर्छ

शुक्रबार, २३ चैत्र २०८०

शुक्रबार, २३ चैत्र २०८०

अण्डामा प्रचुर मात्रामा प्रोटिन र पोषक तत्वहरू पाइन्छ । जुन मांसपेशी र शरीरको लागि निकै उत्तम हुन्छ।



जब शरीरमा प्रोटिनको कमी हुन्छ, शरीरले धेरै चेतावनी संकेत दिन्छ। जसलाई हामीले गल्तीले पनि बेवास्ता गर्नु हुँदैन। यस्तो अवस्थामा प्रोटिनको मात्रा बढाउनुपर्छ ।

शरीरमा प्रोटिनको कमी भएमा यसको असर कपाल र नङमा देखिन्छ । यदि तपाईंको नङ र कपाल कमजोर भयो र भाँच्न वा झर्न थाल्यो भने, तपाईंले तुरुन्तै प्राेटिनयुक्त खानेकुरा खानुपर्छ । जसकाे सबैभन्दा उत्तम स्राेत अण्डा हुनसक्छ ।

शरीरमा प्रोटिनको कमीका कारण मेटाबोलिज्म सुस्त हुन थाल्छ । यसको स्पष्ट अर्थ हो कि शरीरले खानालाई ऊर्जामा राम्रोसँग रूपान्तरण गर्न सक्दैन। जसका कारण तौल बढ्न थाल्छ ।

शरीरमा प्रोटिनको मात्रा कम हुन थालेपछि रुघाखोकीको सामना गर्नुपर्ने हुन्छ । यो समस्या बारम्बार हुन थाल्छ । यदि शरीरमा प्रोटिनको मात्रा पर्याप्त छ भने, तपाईं दिनभर ऊर्जावान महसुस गर्नुहुनेछ। यसो गर्दा तपाईलाई कमजोरी महसुस हुने छैन। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट