८० करोडको शौचालय चोरीको अपराध स्वीकार, कस्तो होला कारबाही ?-Sutra News

८० करोडको शौचालय चोरीको अपराध स्वीकार, कस्तो होला कारबाही ?

बिहिबार, २२ चैत्र २०८०

बिहिबार, २२ चैत्र २०८०

काठमाडौं । जेम्स शीन नामका एक व्यक्तिले बेलायतको ब्लेनहाइम प्यालेसबाट सुनको शौचालय चोरेको अपराध स्वीकार गरेका छन् । १८ क्यारेट सुनबाट बनेको यो कमोड सन् २०१९ मा चोरी भएको थियो । यसको मूल्य करिब ५० भारू अर्थात ८० करोड रुपैयाँ रहेको छ ।



अमेरिकी मिडिया हाउस सीएनएनका अनुसार यो सुनको शौचालय पहिलो पटक सन् २०१६ मा न्यूयोर्कको गुगेनहेम म्युजियममा राखिएको थियो । यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१७ मा व्हाइट हाउसमा राख्नको लागि पनि दिइएको थियो ।

कमोड हेर्न लाइनमा बस्नु पर्ने

मिडिया रिपोर्टका अनुसार सन् २०१६ मा न्युयोर्कको गुगेनहेम म्युजियममा कलाकृति प्रदर्शनी आयोजना गर्दा मानिसहरू यसलाई हेर्न दुई घण्टा लाइनमा बस्नु परेको थियो ।

यस अवधिमा क्लिनरहरूले प्रत्येक १५ मिनेटमा शौचालय सिटहरू सफा गर्थे । एक तथ्यांक अनुसार एक लाख मानिसले यो ट्वाइलेट हेरेका थिए ।

सेप्टेम्बर २०१९ मा इटालियन कलाकार मौरिजियो क्याटेलानको एक कला प्रदर्शनी दरबारमा आयोजित गरिएको थियो । यस प्रदर्शनीको नाम थियो ‘विक्टोरी इज नट ए विकल्प’ राखिएको थियो । यसमा सुनको कमोड देखाइएको थियो । केही दिनपछि यो चोरी भयो ।

सीएनएनका अनुसार, शीनबाहेक यस मुद्दामा अन्य तीन अभियुक्तहरू थिए । जसले चोरीमा कुनै संलग्नता नभएको बताउँदै आएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट