यसकारण गर्मीमा थप सचेत हुनुपर्छ दमका राेगी…-Sutra News

यसकारण गर्मीमा थप सचेत हुनुपर्छ दमका राेगी…

बुधबार, २१ चैत्र २०८०

बुधबार, २१ चैत्र २०८०

विशेषगरी श्वासप्रश्वास तथा फोक्सोसँग सम्बन्धित रोग भएका व्यक्तिहरूले माैसम बदलिँदा विशेष ख्याल गर्नुपर्छ । किनभने मौसम बदलिएपछि यस्ता मानिसलाई शारीरिक समस्या सुरु हुन्छ । यस्तो अवस्थामा आफ्नो खानपान र जीवनशैलीमा विशेष ध्यान दिनु जरुरी हुन्छ ।



गर्मीमा दमका बिरामीलाई थप समस्या भएकाे पाइन्छ । याे माैसममा दमका बिरामीलाई सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती दुख्ने जस्ता समस्या देखिने गरेकाे पाइन्छ । तापक्रम बढ्दा पनि दम लाग्न सक्छ। त्यसैले गर्मीमा सुरुदेखि नै दमलाई नियन्त्रण गर्न जरुरी छ ।

गर्मीमा दमका बिरामीले के–के कुरामा ख्याल गर्ने ?

अत्यधिक गर्मीमा घरबाहिर नजाने

दमका रोगीहरू अत्यधिक गर्मी वा गर्मीको समयमा घर बाहिर निस्कनु हुँदैन। अत्यधिक गर्मीले दमको लक्षण बढाउन सक्छ। धुलो र फोहोरको कारणले पनि समस्या बढ्न सक्छ । साथै, एलर्जी र संक्रमणको जोखिम बढ्छ।

यदि तपाई बाहिर निस्कन बाध्य हुनुहुन्छ भने मास्क अनिवार्य लगानुहाेस् ।

दिउँसाेमा व्यायम नगर्नुहाेस्

तापक्रम बढेपछि त्यसको प्रत्यक्ष असर शरीरमा पर्छ । अत्यधिक गर्मीमा व्यायाम गर्दा दमका बिरामीको शरीरमा डिहाइड्रेसन हुन सक्छ। यसका साथै, उनीहरुलाई श्वासप्रश्वासको समस्या पनि हुनसक्छ ।

प्रशस्त पानी पिउनुहोस्

गर्मीमा शरीरमा पानीको कमी हुन दिनु हुँदैन । त्यसैले प्रशस्त पानी पिउनु जरुरी छ । यस समयमा तपाईले पिउने तरल पदार्थ शरीरको लागि लाभदायक हुन्छ।

विशेषज्ञहरुका अनुसार दमका बिरामीले सकेसम्म धेरै पानी पिउनुपर्छ । विशेषगरी चिसो चीजहरूबाट टाढा रहनुहोस् किनभने यसले कफ बढाउन सक्छ।

साथै, दमका बिरामीले धुम्रापान र मद्दपान गर्नु हुँदैन । जसले थप समस्या बढाउनेछ । सकभर भान्छामा काम गर्नैपरे धुँवा र तरकारीकाे खारबाट जाेगिनै पर्छ । एजेन्सीबाट

नाेट : यहाँ जे लेखिएकाे भएपनि चिकित्सकसँगकाे परामर्शमा निर्णय लिन हाम्राे आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट