अज्ञात समूहले स्काभेटरमा लगाइदियो आगो-Sutra News

अज्ञात समूहले स्काभेटरमा लगाइदियो आगो

शनिबार, १७ चैत्र २०८०

शनिबार, १७ चैत्र २०८०

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका २ स्थित समिकोटमा गए राति स्काभेटरमा आगलागी भएको छ ।



रातिको समयमा अज्ञात समूहले आगजनी गर्दा स्काभेटरमा क्षति पुगेको छ । छमर्के–खुर्कोट–कोटगाउँ सडक निर्माणका लागि ल्याइएको बा १ क ८३५९ नम्बरको स्काभेटरमा आगजनी भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार आगजनीबाट जेसिबी पूर्ण रुपमा क्षति भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट