नेपाली बजारमा सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड-Sutra News

नेपाली बजारमा सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

शुक्रबार, १६ चैत्र २०८०

शुक्रबार, १६ चैत्र २०८०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमानी बनाएको छ । लगातार बृद्धिका बीच सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

यसअघि बिहीबार सुनको मूल्य एक लाख २७ हजार नौ सय रुपैयाँ थियो । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य दुई हजार एक सय रुपैयाँले बढेको छ ।

सुनको मूल्यले नयाँ रेकर्ड कायम गराउँदा चाँदीको मूल्य पनि बढ्न थालेको छ । बिहीबारको तुलनामा तोलामै ३५ रुपैयाँले बढ्दै शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

नेपाली बजारमा दिनदिनै रेकर्ड राख्ने गरी सुनचाँदीको मूल्य बृद्धि हुनुमा विशेषगरी बाह्य बजारमा हाबी भएको महासंघको भनाई छ । अमेरिकी रिजर्भ बैंकले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै सुनको मूल्यमा उछाल आएको देखिन्छ । साथै, अर्थतन्त्रका अन्य क्षेत्र शिथिल हुँदा पनि लगानीकर्ता सुनतर्फ आकर्षित भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट