‘अतिरिक्त करले पर्यटन क्षेत्रलाई असर गर्ने देखियो’-Sutra News

‘अतिरिक्त करले पर्यटन क्षेत्रलाई असर गर्ने देखियो’

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रमा सरकारले लगाएको अतिरिक्त करको पुर्नविचार हुनु पर्ने बताएका छन् ।



सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष ढकालले विभिन्न क्षेत्रमा लगाइएको अतिरिक्त करले पर्यटन क्षेत्रलाई असर गर्ने देखिएकाले अतिरिक्त करको पुर्नविचार हुनु पर्ने बताए ।

गत बजेटले हवाइ टिकट र होटलको लक्जरी कर थप गरेका कारण पर्यटन क्षेत्रलाई निरुत्साहित गरेकाले यसलाई सच्चाउनु पर्ने उनले बताए । यस्तै ढकालले भारतीयहरुले विवाह समारोह देश बाहिर गर्ने गरेकाले नेपालमा त्यस्तो समारोह गर्ने गरी आकर्षित गर्न सक्नु पर्ने बताएका हुन् ।

नेपाल र भारतको खुला सिमाना कारण पनि वैवाहिक समारोहका लागि नेपाल आउने भारतीय पर्यटकहरुको संख्या बढाउन सके यस क्षेत्रले फड्को मार्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट