सर्वोत्तम सिमेण्टको शेयरमा लगातार सातौँ दिन सर्किट-Sutra News

सर्वोत्तम सिमेण्टको शेयरमा लगातार सातौँ दिन सर्किट

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौं । आईपीओ निष्काशन गरेको सर्वोत्तम सिमेण्टको शेयर लगातार सातौं दिन सर्किट लागेको छ । बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गरेको कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आएदेखि निरन्तर सर्किटमा कारोबार हुँदै आएको हो ।



सर्वोत्तम सिमेण्ट कम्पनीको पहिलो दिन नेटवर्थको तीन गुणा अर्थात ५५६ रुपैयाँबाट कारोबार शुरु भएको थियो । सिमेण्टको शेयरले सातौँ कारोबार दिनसम्म आइपुग्दा सर्किटमै कारोबार भएर १८३ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

बिहीबार बजारमा करिब १५ मिनेटको कारोबारमा कम्पनीको ४१ हजार ६५५ कित्ता शेयर चार करोड ५१ लाख रुपैयाँभन्दा बढीको खरिद बिक्री भएको छ ।

यस कम्पनीको आईपीओमा करिब ५५ हजार लगानीकर्ताले ५० कित्ताको दरले शेयर पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट