देउवासँगकाे छलफलपछि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्काे बैठक-Sutra News

देउवासँगकाे छलफलपछि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्काे बैठक

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीले आगामी चैत्र १८ गतेका लागि संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।



यसअघि चैत १२ गतेका लागि तय भएको बैठक अन्तिम समय स्थगित भएकाे थियाे ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । देउवासँग छलफल पछि नै प्रधानमन्त्रीले संवैधानिक परिषद्काे बैठक बाेलाएका हुन् ।

संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता पनि सदस्य हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट