नारायणकाजी चीनमै रहेकै बखत विष्णु पौडेल पनि चीन प्रस्थान-Sutra News

नारायणकाजी चीनमै रहेकै बखत विष्णु पौडेल पनि चीन प्रस्थान

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

काठमाडौं। सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्षसमेत रहेका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ यतिबेला चीन भ्रमणमा छन् । आइतबार चीन प्रस्थान गरेका उनी आगामी चैत १९ गते स्वदेश फर्किनेछन् ।



चीन भ्रमणमा रहेका श्रेष्ठले चिनियाँ समकक्षी वाङ यीसहित चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दैछन् ।

श्रेष्ठ चीनमै रहकै बखत सत्तारुढ दल नेकपा (एमाले) उपाध्यक्ष एवम् प्रभावशाली नेता विष्णु पौडेल मंगलबार चीन प्रस्थान गरेका छन् । उनी पनि केही दिन चीनमा रहने बुझिएको छ ।

दुवै नेताहरु चीनको बोहाओमा आयोजित बोहाओ फोरम फर एशियाको एनुअल कन्फ्रेन्समा पनि सहभागि हुनेछन् । दुई पार्टीका शीर्ष र प्रभावशाली नेताहरुको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

नेपालमा परिवर्तित सत्ता समीकरणप्रति चीन सकारात्मक देखिन्छ । कतिपयले पछिल्लो समीकरण निर्माणमै चीनको भूमिका रहेको पनि बताउने गरेका छन् । यस्तोमा दुई शीर्ष नेताहरु जमघटपूर्ण भ्रमणलाई सामान्य मान्न मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट