घट्यो सुन र चाँदीको मूल्य-Sutra News

घट्यो सुन र चाँदीको मूल्य

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । साेमबारकाे तुलनामा मंगलबार सुनकाे मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।

सुनकाे मूल्य घट्दा चाँदीको मूल्य पनि घटेको महासंघले जनाएकाे छ । अघिल्लाे दिनकाे तुलनामा प्रतितोला १० रुपैयाँले घट्दै चाँदीको मूल्य प्रतितोला १ हजार ५०५ रुपैयाँ पुगेको महासंघले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट