सिंगापुरमा एआई इन्स्टिच्युटको स्थापना-Sutra News

सिंगापुरमा एआई इन्स्टिच्युटको स्थापना

सोमबार, १२ चैत्र २०८०

सोमबार, १२ चैत्र २०८०

काठमाडौं । नशनल यूनिभर्सिटी अफ सिंगापुरले शिक्षा, स्वास्थ्य र वित्तीय सेवामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको अनुसन्धान र प्रयोगलाई अगाडि बढाउनको लागि सोमबार एआई इन्स्टिच्युटको स्थापना गरेको छ ।



एआई इन्स्टिच्युटले सरकारी एजेन्सीहरू र उद्योगहरूसँग मिलेर समाजमा एआई क्षमताहरू विस्तार गर्ने लक्ष्य राखेको छ । विश्वविद्यालयद्वारा जारी विज्ञप्ति अनुसार, नयाँ संस्थानले एआईसँगै नैतिक चिन्ता र जोखिमहरूलाई सम्बोधन गर्न पारदर्शिता र जवाफदेहिताको सुरक्षा गर्ने तरिकाहरूबारे अध्ययन गर्ने बताएको छ ।

यसका लागि संस्थानका अनुसन्धानकर्ताहरूले ८० लाख सिङ्गापुर डलर बाह्य लगानी प्राप्त गरेका छन् । विश्वविद्यालयले अनुसन्धान, नीति अध्ययन र प्रारम्भिक तथा आधारभूत अनुसन्धानका लागि थप दुई करोड सिङ्गापुर डलर लगानी गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट