एलिना चौहानले वैशाखमा विवाह गर्ने चर्चा !-Sutra News

एलिना चौहानले वैशाखमा विवाह गर्ने चर्चा !

सोमबार, १२ चैत्र २०८०

सोमबार, १२ चैत्र २०८०

काठमाडौं । चर्चित गायिका एलिना चौहानको आगामी वैशाखमा विवाह गर्ने चर्चा सञ्चार माध्यममा छाएको छ । चौहानको केही समयअघि ‘ब्रकेअफ’को हल्ला चलेको थियो ।



अहिले फेरि ब्रेकअफ भएको व्यक्तिसँग गायिका चौहनाले विवाह गर्न लागेको चर्चा सञ्चार माध्यममा छाएको हो ।

जनआस्था साप्ताहिकले चौहानको पारिवारिक स्रोतलाई उल्लेख गर्दै आगामी वैशाखमा चौहना र उनका प्रेमीबीच विवाह हुन लागेको बताएको छ । जनआस्थाका अनुसार विवाहको मिति तय नभएपनि आगामी वैशाखमा विवाह हुनेछ ।

तर, गायिका चौहानसँग नाम जोडिएका विष्णु सापकोटाले भने सूत्रसँगको कुराकानीमा सञ्चार माध्यममा आएका हल्ला मिथ्या भएको बताएका छन् । “सञ्चार माध्यमले नै म र एलिनाबीच प्रेम सम्बन्धको बारेमा चर्चा चलाउँछन्, फेरि ब्रेकअप भएको चर्चा चलाउँछन् अनि फेरि विवाहको चर्चा चलाउँछन्”, उनले भनेका छन्, “यो सबै मिथ्या हो ।”

नोट : यसअघि प्रकाशित समाचारमा अन्यथा भएकोले सच्याइएको छ । पाठकबृंद्धप्रति क्षमाप्राथी छौं । स.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट