शेयर बजारमा निराशा : २०३ कम्पनीको मूल्य घट्दा दुई सतायताकै कम कारोबार-Sutra News

शेयर बजारमा निराशा : २०३ कम्पनीको मूल्य घट्दा दुई सतायताकै कम कारोबार

सोमबार, १२ चैत्र २०८०

सोमबार, १२ चैत्र २०८०

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । निरन्तर गिरावटका बीच सोमबार १७.०१ अंकले घट्दै बजार २०३१.५५ को बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार समग्रमा बजार ०.८३ प्रतिशतले गिरावट आएको छ ।



दोहोरो अंकले बजार घट्दा अधिकांश कम्पनीको मूल्य घटेको छ । कारोबारमा आएका २४४ कम्पनीमध्ये २०३ कम्पनीको मूल्य घटेको छ भने ३८ कम्पनीको मूल्यमा सामान्य बृद्धि भएको छ । सोमबार तीन कम्पनीको मूल्य भने स्थिर रह्यो ।

दोहोरो अंकले घटेको बजारमा बोटलर्स नेपाल बालाजुको मूल्यमा सकारात्मक सर्किट लाग्यो भने सर्वोत्तम र धौलागिरी लघुवित्तको मूल्य सर्किट लेबलमा बृद्धि भयो । यद्यपि, तीन कम्पनीको मूल्यमा उत्साहपूर्ण बृद्धि हुँदा किसान लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लाग्दै बुद्धभूमि नेपाल हाइड्रोको मूल्यमा नकारात्मक सर्किट लेबलले गिरावट आयो ।

सोमबार शेयर बजारमा गोरखा फाइनान्स, सिवम् सिमेन्ट, सोनापुर मिनरल्स, हिमालयन रि इन्स्योरेन्सलगायतको कारोबार उच्च रह्यो । गोरखा फाइनान्सको मात्रै तीन लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २८ करोड ९० लाख रुपैयाँ बराबरको रह्यो ।

सोमबार समग्रमा शेयर बजारमा ७० लाख ६१ हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम दुई अर्ब ४८ करोड रुपैयाँको भयो । जुन झण्डै दुई सातायताकै कम कारोबार हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट