नेपाललाई आयरल्याण्ड ‘ए’ दियो १२२ रनको लक्ष्य-Sutra News

नेपाललाई आयरल्याण्ड ‘ए’ दियो १२२ रनको लक्ष्य

सोमबार, १२ चैत्र २०८०

सोमबार, १२ चैत्र २०८०

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी पहिलो मैत्रीपूर्ण खेलमा आयरल्याण्ड ‘ए’ले २० ओभर खेल्दै १० विकेट गुमाएर १२१ रन बनाएको हो ।



नेपालका लागि कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले दुई-दुई विकेट लिए । करण केसी र कुशल मल्लले एक-एक विकेट लिए ।

आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट