नेपाल र वेष्ट इण्डिज ’ए’को दोस्रो खेल आज, कसले मार्ला बाजी ?-Sutra News

नेपाल र वेष्ट इण्डिज ’ए’को दोस्रो खेल आज, कसले मार्ला बाजी ?

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र वेष्ट इण्डिज ‘ए’विरुद्धको दोस्रो खेल आज हुँदैछ ।



पहिलो खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलको शतकमा नेपालले शानदार जित निकालेको थियो । आज नेपाल वेष्ट इण्डिजमाथि दोस्रो जित निकाल्ने लक्ष्यसाथ मैदानमा जानेछ ।

शनिबार सम्पन्न पहिलो खेलमा कप्तान पौडेलको शतकमा नेपाल चार विकेटले विजयी भएको थियो । जितसँगै सिरिज १-० को अग्रता हासिल गरेको छ । टी २० क्रिकेटमा पौडेलको पहिलो शतक पनि हो ।

वेष्ट इण्डिज ‘ए’विरुद्ध नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टिमको छानेको छ ।

नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट