वेष्ट इण्डिज एसँग टस हारेर नेपालले पहिला फिल्डिङ गर्दै-Sutra News

वेष्ट इण्डिज एसँग टस हारेर नेपालले पहिला फिल्डिङ गर्दै

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा हुने दोस्रो टी २० खेलमा नेपालले वेष्ट इण्डिज ‘ए’सँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।



वेष्ट इण्डिज ‘ए’का कप्तान रोस्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । शनिबार भएको पहिलो खेलमा नेपालले वेष्ट इण्डिज लाई चार विकेटले पराजित गरेको थियो ।

कूल २०५ रनको लक्ष्य नेपालले १९‍.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाए ।

तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट