सुन चाँदीको मूल्यमा भारी गिरावट-Sutra News

सुन चाँदीको मूल्यमा भारी गिरावट

शुक्रबार, ९ चैत्र २०८०

शुक्रबार, ९ चैत्र २०८०

काठमाडौं । साताको अन्तिम दिन सुनको मूल्यमा गिरावट भएको छ । आज सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले गिरावट भएको हो ।



बिहीबार एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएर रेकर्ड बनाएको सुनको मूल्य शुक्रबार १३ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख २६ हजार ५०० रुपैयाँ काय भएको छ ।

यस्तै, तेजावी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार ९०० रुपैयाँ कायम भएको छ । बिहीबार एक लाख २७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँ कामय भएको छ । शुक्रबारको तुलनामा आज चाँदीको मूल्य ५५ रुपैयाँ घटेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट