दुई समूहबीच झडप हुँदा ४२ जनाको मृत्यु, १७५ जना पक्राउ-Sutra News

दुई समूहबीच झडप हुँदा ४२ जनाको मृत्यु, १७५ जना पक्राउ

बिहिबार, ८ चैत्र २०८०

बिहिबार, ८ चैत्र २०८०

काठमाडौं । पूर्वी चाडमा दुई समूदायबीच झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको सार्वजनिक सुरक्षा मन्त्रालयले बिहीबार बताएको छ । यस मुलुकको मरुभूमि क्षेत्र प्राय जमिन विवादले ग्रस्त छ ।



मन्त्रालयले झडपमा को सामेल थियो ? कति समयसम्म झडप भयो ? भन्नेबारै ठ्याक्कै बताएन । तर, यस क्षेत्रमा नियमित रूपमा बसेका किसान र फिरन्ते गोठाला वा अन्य समूहबीच जमिनलाई लिएर झडप भएको देखिन्छ ।

झडपका कारण घटना स्थलबाट १७५ जनालाई पक्राउ गरिएको एक विज्ञप्तिमा जनाइएको छ । झडपका क्रममा ओउद्दाई प्रान्तको टिलेगुए गाउँको ‘ठूलो भाग’लाई हतियारधारी मानिसले आगो लगाएका थिए ।

सार्वजनिक सुरक्षामन्त्री जनरल महामत चारफडाइन मार्गुईले टेलिफोनमा भने, ‘स्थिति नियन्त्रणमा छ तर विभिन्न पक्षबीच मेलमिलाप गराउने प्रयास गरिरहेको छु ।’

घटनाबारे ‘प्रकाश पार्ने’ उद्देश्यले सरकार र सेनाका सदस्यहरूको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मन्त्री घटना स्थलमा थिए । किसानले गोठालामाथि आफ्नो जमिनमा पशुवस्तुलाई चराउन वा बाली कुल्चन दिन अनुमति दिएको आरोप लगाउँदा अधिकांश बासिन्दा सशस्त्र रहेको पूर्वी र दक्षिणी चाडमा प्राय झडप भइरहन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट