साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ-Sutra News

साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ

बिहिबार, ८ चैत्र २०८०

बिहिबार, ८ चैत्र २०८०

काठमाडौं । धनुषामा युवकको घाँटी रेटेर हत्या भएको छ । जिल्लाको जनकनन्दनी गाउँपालिका २ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफ हत्या भएको हो ।



हत्यामा संलग्न भएको आरोपमा प्रहरीले युवकको दुई जना साथीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार राति साढे १० बजेतिर साथीसँग बियर खान गएको बेला मोबाइलमा भिडिओ हेर्ने विषयमा विवाद हुँदा दुई जना साथीले नदाफको हत्या गरेका थिए ।

गम्भीर घाइते नदाफलाई उपचारको क्रममा भारत लगिएको थियो । उनको उपचारको क्रममा राति २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थानीय ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट