केन्यामा बस दुर्घटना हुँदा ११ विद्यार्थीको मृत्यु, ४२ जना घाइते-Sutra News

केन्यामा बस दुर्घटना हुँदा ११ विद्यार्थीको मृत्यु, ४२ जना घाइते

मंगलबार, ६ चैत्र २०८०

मंगलबार, ६ चैत्र २०८०

काठमाडौँ । केन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । घटनामा ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।



केन्याको राजधानी नैरोबीबाट ३६० किलोमिटर टाढा रहेको माउन्गुमा स्थानीय समयअनुसार सोमबार साँझ ५ः५० बजे केन्याटा युनिभर्सिटीका विद्यार्थीहरू तटीय शहर मोम्बासातर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।

दुर्घटनामा १० जनाको घटना स्थलमा मृत्यु भएको र एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको विवरणमा भनिएको छ, “भारी वर्षा भइरहेको बेला विश्वविद्यालयको बसका चालकले अन्य सवारी साधनलाई उछिन्दा ५८ जना सवार बस सडकको दाहिनेतिर चिप्लिएको र ट्रकसँग ठोक्किएको खान थियो ।”

केन्याली रेड क्रसले घाइतेहरूलाई नजिकैको भोइ शहरको एक अस्पतालमा लगिएको जनाएको छ । पूर्वी अफ्रिकी राष्ट्र केन्यामा खराब सडक संरचना, पुराना सवारी साधन र चालकको लापर्बाहीका कारण हुने सडक दुर्घटनाका कारण वर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट